Ads

२०८० जेठ १४ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष (चुचेचोलालिलुलेलोअ) नयाँ बस्तु तथा बिचारको सृजना हुनसक्छ, महत्त्वपूर्ण कार्यमा थप जिम्मेवारी आउनसक्छ, मान सम्मान तथा प्रतिष्ठामा वृद्धि होला।

बृष (इबाबिबुबेबो) गर्न  खोजेको काम ठिक बिपरित होला, कुनै पनि समय शत्रुहरु सक्रिय रहलान, तर पनि हजुरको धैर्यता र साहसले धेरै नोक्सानी हुन दिनेछैन।

मिथुन (काकिकुकेकोह)धेरै राम्रो समय आएको छ, सरकारी काम कार्यमा सफलता होला, पद प्रतिष्ठा तथा मान सम्मान प्राप्त होला, सामाजिक सेवा गर्ने अवसर प्राप्त होला।

कर्कट (हिहुहेहोडाडिडुडेडो)अकस्मात धन प्राप्त हुने योग छ, आज कुनै बिशिस्ट काॠ तथा लेनदेन हुनसक्छ, तर मध्याह्न तिर भने चोटपटक लाग्न सक्छ। हिड्डुल गर्दा सावधानी अपनाउनु होला।

सिंह (मामिमुमेमोटाटिटुटे) पराक्रम तथा साहस देखेर डाह गर्ने हरु पनि कमि हुनेछैन, दाजुभाइ तथा ईष्टमित्रको साथ र सहयोगले कुनै पनि कार्य गर्न सहज हुनेछ, मिष्टान्न भोजनको पनि अवसर आउला।

कन्या (टोपिपुपेपो) सरकारी कामकाजमा सहयोग पाईएला, पशु चौपायाबाट फाइदा होला, आमा तथा पृयजनसँग रमाइलो भेटघाट होला। आजको दिन गणेशको आराधना गरे राम्रो हुनेछ ।

तुला (ररिरुरेरोतातितुते) पठनपाठन तथा शैक्षिक कार्यमा प्रगति होला, मनले आटेका कार्य पूरा हुनाले मन हर्षित रहला, आजको दिन सन्तान पक्षबाट सुख प्राप्त होला।

बृश्चिक (तोनानिनुनेनोयायियु)मध्यम रहेको छ , कुनै नयाँ कार्यको सुरुवात भए पनि खुट्टा तान्नेहरुको पनि कमि हुनेछैन, शत्रु तथा ऋणमा वृद्धि होलान्, साबधान रहनुहोला।

धनु (येयोभिभुफाभे) पत्नी तथा स्त्रीको सहयोगले आजको दिन रमाइलो हुनेछ, आज कुनै पनि रमणीय ठाँउको भ्रमण हुनसक्छ , तर मध्याह्न तिरबाट भने समय प्रतिकुल रहनेछ।

मकर (भोजिखिखुखेखोगागि) कुकुर तथा पशुचौपायाको भय रहनेछ, रक्त बिकार तथा वायु सम्बन्धि रोगले सताउनसक्छ, आजको दिन गरिव तथा दुखीलाई भोजन गराउदा राम्रो होला।

कुम्भ (गुगेगोसासिसुसेसोद)सुनौला अवसरहरु लिएर आउनेछ, भाग्योदयको समय भएकोले कुनै नयाँ कार्यको थालनी हुनसक्छ। आजको दिन बच्चालाई मिठाइ खुवाएर शुरु गर्दा राम्रो होला।

मीन (दिदुदेदोचि) राज्यपक्षको सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नसक्छ, तर दिउँसोबाट भने लेनदेनको कार्यमा अनावश्यक विवाद हुनसक्छ, विवेक तथा बुद्धिले काम लिनुहोला।

Ads

सम्बन्धित पोष्टहरू