Ads

निर्वाचनको अलमलप्रति अखिलको आक्रोश ,दवाबका थप कार्यक्रम गर्दै


काठमाडौं । निर्वाचनको मिति तोक्न ढिलाई भएको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले देशभर आक्रोश पोखेको छ ।

उक्त संगठनले काठमाण्डौ लगायतका कयौं सहरहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।
काठमाण्डौमा अनेरास्ववियु रत्नराज्य कमिटीले स्थानीय तहको निर्वाचन गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्यो ।

त्यस्तै नेपाल मानविकी क्‍याम्पस (आरआर) र पुतलीसडकस्थित शंकरदेव क्‍याम्पसका विद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरे ।
अखिलले बुटवल,पोखरा,बाँके,बिराटनगर लगायतका सहरहरुमा बिभिन्न शैलीमा प्रदर्शन गरेको थियो ।


केन्द्रीय उपाध्यक्ष यम पाण्डेले शीघ्र निर्वाचनको मिति तोक्न थप दवावका कार्यक्रमहरु अघि बढाउने बताए । उनका अनुसार संगठनको केन्द्रिय कार्यक्रम अनुसार भोली १८ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने र पर्सी १९ गते प्रदेश सदरमुकाममा कानुन बिदसँग सडक बहस गर्ने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू