Ads

अनेरास्ववियुले देखायो सञ्चारमन्त्री कार्कीलाई कालो झण्डा


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई अनेरास्ववियुले कालो झण्डा देखाएका छन् ।

मंगलबार बिहान मन्त्री कार्की पुल्चोकस्थित क्वाटरबाट सिंहदरबार जाने क्रममा ललितपुरमा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरूले ‘स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गर’ भन्दै नाराबाजी गरेका थिए ।

उनीहरुले सरकार विरुद्ध मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एप्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की सिंहदरबार तर्फ हिडेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू