Ads

स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै युवा संघ


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले कारबाहीको माग गरेको छ ।

२४ लाख डोज खोप हिनामिना गरेर राज्यको २ अर्ब ४० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गर्न संघ आज(मंगलबार) अख्तियारमा पुगेको हो ।

राज्यकोषबाट खर्च गरी खरिद गरिएको खोपको चरम दुरुपयोग भएको तथ्य सार्वजनिक भएपछि खोप दुरुपयोग र भ्रष्टाचारमा संलग्न मन्त्री खतिवडा र अन्य व्यक्तिमाथि छानबिन गर्न संघले माग गरेको छ । खोप हिनामिना कार्यमा संलग्नलाई भ्रष्टाचार निवारण ऐन २०४९ को दफ ३, ८, १७ र अन्य कानूनी प्रावधान अनुसार कारबाहीको माग गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू