Ads

सर्वसाधारणलाई छुट नदिने अस्पताल प्रशासन बन्द गराउने मेयर साहको चेतावनी


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कानून अनुसार सर्वसाधारणलाई छुट नदिने अस्पताललाई बन्द गराउन सक्ने सम्मको चेतावनी दिएका छन् । आफूले स्वास्थ्यमन्त्रीको सोत ध्यानाकर्षण गराएको भन्दै मेयर साहले सात दिनभित्र छुटसहितको सुविधा उपलब्ध नगराए अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका हुन् ।

महानगरपालिकाबाट जेष्ठ ६ गते सार्वजनिक सूचना जारी भएको स्मरण गराउँदै मेयर साहले नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको तर्फ ध्यानाकर्षण गराएका छन् ।

‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।’ – मेयर साहले सामाजिक सञ्जालमा भनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू