Ads

आयोगको सिफारिस : ४ जेठमा स्थानीय निर्वाचन


काठमाडौं । सरकारलाई निर्वाचन आयोगले २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले प्रस्ताव पेस गरेका हो ।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई बुझाएको प्रस्तावमा उल्लेख गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव छ ।

स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारी गरेको बताएको छ ।

हेर्नुहोस् निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझाएको परामर्श

Ads

सम्बन्धित पोष्टहरू