Ads

सुनको भाउमा लगातार बृद्धी, आज फेरि नयाँ रेकर्ड


काठमाण्डौ ।  हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यो भाउ अहिलेसम्मकै उच्च हो । आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी हिजो तोलाको एक हजार तीन सय ९५ रुपैयाँ थियो ।

Ads

सम्बन्धित पोष्टहरू