काठमाडौँ । दशरथ रंगशालामा जारी नेपाल र मौरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता निकालेको छ ।
खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । नेपालले गोल गरेसंगै १२ औँ मिनेटमा मौरिससले गोल फर्काउनका लागी पेनाल्टी पाएपनि किरण चेम्जोङले बचाउदै नेपालको अग्रता कायम राखेका हुन् । नेपाल मोरिससविरुद्ध लगातार दोस्रो जितको तयारीमा रहेको छ ।
गत शनिबार भएको मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले १–० गोल अन्तरले जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्