Ads

एमसीसीसँग सम्बन्धित कुनैपनि विषय  गोप्य नरहेको दाबी


काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए) ले एमसीसीसँग सम्बन्धित कुनैपनि विषय  गोप्य नरहेको दाबी गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै एमसिए नेपालले एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको दाबी गरेको हो ।

‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नोस् बिज्ञप्ती 

Ads

सम्बन्धित पोष्टहरू