Ads

अब कांग्रेसको सभापति नबन्ने शेरबहादुर देउवाको घोषणा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापतिलाई गाली गरेर पार्टी बलियो नहुने बताएका छन् । शनिबार ललितपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले गाली वा विरोध गरेर मात्रै पार्टी बलियो नहुने भन्दै पार्टी बनाउनका लागि जनतामाझ जानुपर्ने बताएका हुन् ।

उनले आफुनो नेतृत्वमा कांग्रेसलाई पहिलो पार्टी बनाएको र भोलीको दिनमा पनि पार्टी बलियो बनाउन भूमिका निर्वाह गर्ने जिकिर गरे । सभापति देउवाले आगामी दिनमा आफु पार्टीको सभापति नवन्ने स्पष्ट पारे । उनले कुन कुरा कता बोल्नुपर्छ भन्ने कुरा पार्टीका नेताहरुले बुझ्नुपर्ने जिकिर गरे ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले समयमा नै पार्टीलाई समयमा नै विधिसम्वत रुपमा अघि बढाउन सके आगामी दिनमा कुनै दल र शक्तिको चूनौति सामना गर्न नपर्ने बताए । उनले पार्टीको बिभागहरुको बिषयलाई टुङ्गाएर शसक्त रुपमा अघि बढ्नुपर्ने धारणा राखे ।

Ads

सम्बन्धित पोष्टहरू