काठमाडौँ । फाइजर र बायोएनटेकले पाँच वर्षभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको प्रयोग गर्ने तयारी गरेका छन् ।
अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्षभन्दा कम उमेर समूहलाई खोपको प्रयोग गर्ने अनुमति माग्ने तयारी भैरहेको छ । पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका हुन् ।
अमेरिकी अविभावकहरु पनि हाल सम्म विद्यालय बन्द भएको र आफ्ना छोराछोरीका लागी खोपको व्यवस्था नहुँदा चिन्तित बनेका छन् । गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका केटाकेटीका लागि फाइजरको कोभिड–१९ बूस्टर मात्रालाई अनुमोदन गरेको भएपनि रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यस उमेर समूहमा खोप लगाउने दर तुलनात्मक रूपमा २२ प्रतिशतभन्दा कम रहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्