Ads

वामदेवको घोषणा, ओलीले बोलाए भने तुरुन्त एमालेमा जान्छु


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले बोलाए आफु र केहि नेताहरु एमालेमा एकीकृत हुन जाने बताएका छन् । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले पार्टीमा समावेश हुन बोलाए अहिलेको अवस्थामा नै एमालेसँग एकीकृत हुन जाने बताएका हुन् ।

उनले यसअघि आफुलाई नै रोक्नका लागि ७० बर्षे उमेरहद ल्याएको तर्क गरे । ७० बर्षे उमेरहद नहटाए एमालेमा अनुभव व्यक्तिहरु बाहिरिनुपर्ने अवस्था आउने उनले बताए । गौतमले आफू छाडेको कहिल्यैपनि नभनेको र पार्टी सदस्यता अहिले पनि एमालेमै रहेको उल्लेख गरे ।

उनले नेकपा एमाले आफूसँग नभएकाले पार्टी भएकाले नै पार्टीले नै औपचारिक रुपमा बोलाउनुपर्ने धारणा राखे । आफु एमालेमा अध्यक्ष, महासचिव र कसैको भाग खोस्न नजाने र अनुभाव बाड्न जाने उनको भनाइ छ । गौतमले आफुबाट एमालेले कुनै नोक्सान नव्यहोर्ने र आफुले काम गर्ने क्षेत्र भने तोक्नुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू