Ads

विपद न्यूनिकरणका लागि खोलामा उद्धार अभ्यास


नवलपुर । खोलामा बगेका तथा डुबेका व्यक्तिको उद्धारका लागि गर्नुपर्ने अभ्यासबारे समुदायका व्यक्तिलाई प्रशिक्षण दिइएको छ। विपद् व्यवस्थापन तालिम शिक्षालयका प्रहरी अधिकारीहरुले नवलपुरको गैँडाकोटका नदी छेउका बासिन्दालाई प्रकोप आपतकालीन प्रतिकृया अभ्यास प्रशिक्षण दिएका हुन्।

विपद् व्यवस्थापनसम्बन्धी काम गर्दै आएको कारितास नेपालको आयोजनामा गैँडाकोटका बासिन्दालाई नदीमा डुबेका व्यक्तिलाई उद्धार गर्ने तरिका र डुब्नबाट जोगिन अपनाउनु पर्ने उपायबारे प्रशिक्षण दिइएको थियो। यस किसिमका तालिमबाट आगामी दिनमा हुन सक्ने विपदका घटनाबाट जोगिन सहयोग पुग्ने सहभागीको अपेक्षा छ ।

Ads

सम्बन्धित पोष्टहरू