Ads

गठबन्धनका नेताहरु जानी–जानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै :प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीबारे पहिले सरकार नै स्पष्ट हुनु पर्ने बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको खुला बहसमा बोल्दै पूर्वमन्त्री ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने बताउनुभयो ।
‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक उक्त कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धनका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन ।”
नेता ज्ञवालीले एमसीसी परियोजना एउटा विकास परियोजना भएको र त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको उल्लेख गर्नुभयो ।
उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको समेत बताउनुभयो । उहाँले भन्नुभयो “सत्ता गठबन्धनका नेताहरु जानी–जानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ ।”

 

Ads

सम्बन्धित पोष्टहरू