Ads

पोखरा विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने


कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आगामी असार ६ गते चीनबाट दुईवटा चार्टर विमानमा खेलाडीसहित तीन सय पर्यटक पोखरा आउने भएका हुन् । चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको हो । अंग्रेजी नयाँ वर्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा विमानस्थल उद्घाटन गर्नुभएको थियो ।

विमानस्थलमा ११ फागुनदेखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल प्रणाली सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडानका लागि बाटो खुला भएको थियो । आधुनिक प्रविधिको सहायताले जहाज उडान–अवतरण गर्न मिल्ने भएपछि १८ फागुनदेखि रात्रीकालिन आन्तरिक उडान–अवतरण हुँदै आइरहेको छ । तर अझै पनि नियमित अन्तर्राष्ट्रिय उडानहरू हुने कुनै अत्तोपत्तो भने छैन ।

Ads

सम्बन्धित पोष्टहरू