काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले छिटोभन्दा छिटो स्थानीय तहको चुनावको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।
स्थानीय तहको चुनावको मिति तोक्नको लागि सरकारलाई दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी रुपमा खबरदारी गदै आएको छ । सोहि खबरदारी स्वरुप बिहीबारअनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली निर्वाचन आयोगबाट मार्चपाससहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको थियो ।
अनेरास्ववियुले चुनावको मिति यथाशीघ्र घोषणा गर्न आयोगको ताकेता पत्र लिएर गएको थियो । अनेरास्ववीयुले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्ट मार्फत प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्