काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच दलीय गठबन्धन आउँदो संघीय निर्वाचनसम्म जारी रहने बताएका छन् । माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको विस्तारीत बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गदै उक्त कुरा बताएका हुन ।
प्रचण्डको भनाइ उदृत गदै प्रदेश सदस्य सुदिप मल्लले भने, ‘एमसीसीलाई हतियार बनाएर गठबंधन तोड्ने, राजनैतिक वातावरण बिगार्ने र प्रतिगमनमा देशलाई लैजाने षड्यन्त्र पुनः एकपटक असफल भएको छ ।’
प्रचण्डले गठबंधन आगामी चुनाव सम्म जाने र यसको सुरुवात स्थानीय तहको निर्वाचनदेखि नै हुने बताएका छन् । प्रचण्डले नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न पनि निर्देशन दिएका छन् ।
सोम्बोधनको क्रममा प्रचण्डले कर्णाली प्रदेश सरकारले १–२ दिनमा पुर्णता पाउने बताएका छन् । कर्णाली प्रदेश सरकार गठबन्धनका कारण अहिलेसम्म विस्तार हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्