काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभएको समाचार सम्प्रेषण गरेकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाउदै आज(बिहिबार) एक विज्ञप्ती जारी गरेर सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत आग्रह गरेको छ ।
पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) मा सञ्चार माध्यमबाट समाचार तथा समाचार सामग्रीको प्रकाशन÷प्रसारण वा बाह्य लिङ्कहरू प्रकाशित गर्नुअघि सोको विश्वसनीयता र आफूले प्रकाशन गरेसरह तथ्यको जाँच गरी सम्प्रेषण गर्नुपर्ने व्यवस्था रहेको छ ।
संचारमाध्यमबाट सम्प्रेषण भएको समाचारको आधारमा आम जनमानस सुसूचित हुने बताउदै काउन्सिलले तथ्यगत पुष्टी बेगर समाचार सम्प्रेषण गर्ने संचारमाध्यमहरुलाई स्पष्टीकरण समेत सोधेको छ ।
‘पछिल्लो समय कोभिड–१९ महामारीका विषयमा तथ्यगत पुष्ट्याईँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएको पाइएको छ । यसरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भइ एक समाचार संस्थाबाट समेत सञ्चार माध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्