Ads

काठमाडौं महानगरपालिकाद्वारा दुईवटा अस्पतालमा सिल


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा नियमानुसार दर्ता तथा अन्य प्रक्रिया नअपनाइ सञ्चालनमा रहेका दुईवटा अस्पताललाई सिल गरेको छ । महानगरपालिकाले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टरलाई सिल गरेको हो ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले केही समय अगाडिदेखि नै उक्त अस्पतालहरुलाई प्रक्रियामा गएर सञ्चालन गर्न आग्रह र चेतावनी दिइरहेको थियो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू