Ads

राष्ट्रपति पौडेललाई हृदयघात, गंगालाल अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । आज बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको हो ।

उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘मुटुमा समस्या भएपछि राष्ट्रपतिज्यू बिहान ७ बजे अस्पताल आउनुभएको थियो ।

हर्टअट्याक भएको थाहा भएपछि एन्जिओप्लाष्टि गरेर मुटुको बन्द धमनी खुलाइएको छ’, अस्पताल स्रोतले भन्यो, उहाँ अहिले भिआईपी क्याबिन चिकित्सकको निगरानीमा हुनुहुन्छ ।’

Ads

सम्बन्धित पोष्टहरू