काठमाडौं । काठमाडौंको जडिबुटीमा टिपरकाे ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।
बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६प २१२१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो । मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुर जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दोलखाघर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर छन्।
दुर्घटनापछि घाइते थापालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा मृत्यु भएकाे र घाइतेको काठमाडौं महानगरपालिका ५ बस्ने ४० वर्षीय कुमार थापा मगरकाे बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। टिपर चालक ओखलढुंगाका ३० वर्षीय हिरा गुरूङलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्