काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आज पनि थुनछेक बहस हुने भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मंगलबार सुरु भएको खाणका कानुन व्यवसायीको बहस नसकिएकाले आज पनि हुने भएको हो।
खाणका कानुन व्यवसायीले उनलाई फसाउन राज्य नै लागेको गुनासो गरेपछि न्यायाधीश न्यौपानेले ‘राज्यविरुद्धको अपराधमा राज्य नलागेर को लाग्छ त’ भनेर प्रश्न गरेका थिए। न्यायाधीशको प्रश्नमा खाणका कानुन व्यवसायीहरु नाजवाफ बनेका थिए।
खाणका कानुन व्यवसायीहरुको बहस लम्बिएपछि न्यायाधीश न्यौपानेले अदालतलाई निरीह बनाइएको गुनासो गरेका थिए। यस प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १३ जनाको बहस भएको छ। अझै ५ जनाको थुनछेक बहस हुन बाँकी छ। प्रतिवादीहरूका तर्फबाट बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ।
प्रतिक्रिया दिनुहोस्