Ads

फेवा सिमसार क्षेत्रका प्लटिङमा चल्यो डोजर


कास्की । पोखरा महानगरपालिकाले फेवाताल सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ। पोखरा २४ पामे बजारमा चार महिनादेखि सिमसार पुर्ने काम भइरहेको थियो । पटकपटक अनुरोध र पटेक गर्दासमेत पुर्ने काम रोकिएको थिएन ।

कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले मंगलबार डोजर चलाएको हो । ‘पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा डोजर लगाइएको हो, मेयरका प्रेस संयोजक भीम थापा भन्छन्,  ‘सिमसार क्षेत्रमा माटो पुरिएको र प्लटिङ गरिएका सबै क्षेत्रमा डोजर चल्छ।’

सो सिमसार क्षेत्रमा व्यवसायी देवेन्द्र केसीले पहिले नै प्लटिङ गरिसकेका छन् भने अर्का व्यवसायी युवराज खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्ने स्थानीयबाट ठेक्का पाएका थिए ।

पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ। तर महानगरले सिमसार क्षेत्र उल्लेख नगर्दा धमाधम सिमसार पुर्ने काम भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू