काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर पुगेका छन् । पेटमा खराबी आएका कारण सभापति देउवा आफ्नी श्रीमती आरजु राणा देउवासहित मंगलबार राति सिंगापुर पुगेका हुन् ।
देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन् । पेटमा समस्या देखा परे पछि उनी तीन वर्ष अघि पनि सिंगापुर गएका थिए । उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराएका थिए ।
श्रोतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सिंगापुरमा रहँदा विभिन्न राजनीतिक भेटघाट पनि गर्न सक्ने सम्भावना रहेको छ । उनी अर्को साता स्वदेश फर्किने तयारीमा रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्