काठमाडौँ । एन्फा निर्वाचनको नियमावली पारित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी जेठ १५ गते फुटबल संघको निर्वाचन गर्ने निर्णय गर्दै निर्वाचनको नियमावली पारित गरेको हो ।
एन्फाले किरण राईको संयोजकत्वमा समिति तयार पारेको छ भने निर्वाचनका लागि अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिको सह–संयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई तथा वैकल्पिक सदस्यमा अधिवक्ता सरस्वती श्रेष्ठ र अधिवक्ता प्रिति कार्कीलाई निर्वाचन समितिमा राखेको एन्फाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्