Ads

२०८० आषाढ १ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृष ( इवाविवुवेवो )आज सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

मिथुन ( काकिकुकेकोहा )आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

सिंह ( मामिमुमेमोटाटिटुटे )आज आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कन्या ( टोपापिपुपेपो )आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

तुला ( रारिरुरेरोतातितुते )आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )स्वादिष्ट सुखद् भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

धनु ( येयोभाभिभुधाफाढाभे )पूजा पाठमा मन जानेछ । मनोरञ्जन पूर्वक दिन बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा )आज श्रद्धा र भक्ति बढ्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

मीन ( दिदुदेदोचाचि )आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू