Ads

संसद विकास कोष कायमै रहने गरि कर्णालीमा बजेटको आकार बढ्ने


सुर्खेत । कर्णाली सरकारले अगामी आर्थिक २०८०–८१ को बजेट आज सार्वजनिक गर्दैछ। गत वर्ष ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँको बजेट ल्याएको सरकारले यो पटक त्यो भन्दा केही बढाएर बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले बताए । कति बढ्छ भन्नेमा भने उनले केही खुलाएनन् ।

प्रदेश सरकारले वर्षमा १० हजार जनालाई रोजगारी दिने महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा समावेश गरेको थियो । बजेट पनि सोही अनुरुप उत्पादन र रोजगारीलाई प्रमुख प्रथामिकता दिएर ल्याइने अर्थमन्त्री सिंहकाे भनाइ छ ।

अर्थमन्त्री सिंहले टुक्रे योजना कर्णाली विकासको बाधक रहेको भन्दै त्यस्ता योजना अन्त्य गर्ने दाबी गरेका छन् । यसपटक १५ लाख रुपैयाँभन्दा कमका योजना समावेश नगरिने अर्थमन्त्री सिंहले बताए ।

विगतका वर्षमा विवादित बन्दै आएको संसद विकास कोषले यसपटक पनि निरन्तरता पाउने भएको छ । प्रदेश सरकारले प्रत्येक सांसदलाई ४ करोड रुपैयाँको योजना छनोट गर्ने अवसर दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू