Ads

नक्कली शरणार्थी प्रकरणमा को–को जाँदैछन् जेल ?


काठमाडौं । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने प्रलोभन देखाई प्रतिव्यक्ति १० लाखदेखि ५० लाखसम्म असुल्ने गिरोहमा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्तहरुको बारेमा बहस सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका वकिलहरुले आज काठमाडौं जिल्ला अदालतमा जवाफी बहस सकाएका हुन् ।सरकारी वकिलहरुको जवाफी बहस सकिएसँगै अव जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले फैसला सुनाउने तयारी गरेका छन् । न्यायाधीश

न्यौपानेले १८ जना अभियुक्तलाई नै पुर्पक्षका लागि जेल पठाउने, संलग्नता पुष्टि भएको वा नभएको आधारमा व्यक्ति छनोट गरेर मात्र पुर्पक्षका लागि पठाउने वा छोड्ने, धरौटी लिने वा साधारण तारेखमा छोड्ने भन्ने बारेमा फैसला गर्नेछन् ।

देशकै लज्जाको विषय रहेको यस प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनाको संलग्नता रहेको अभियोग लगाउँदै जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । यस प्रकरणमा संलग्न रहेको अभियोग लागेका १२ जना अझै फरार रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू