Ads

२४औं शीतकालिन ओलम्पिकको उद्धघाटन आज


काठमाडौँ । २४औं शीतकालिन (विन्टर) ओलम्पिकको उद्धघाटन आज(शुक्रबार) हुने भएको छ । एसियाली मुलुक चीनको बेइजिङमा हुने ओलम्पिकमा ९१ राष्ट्रको सहभागी रहने छ भने विन्टर ओलम्पिकमा तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

हिउँमा खेलिने विन्टर ओलम्पिक आजबाट फेब्रुअरी २० सम्म हुने छ ।

कोरोना भइरस संक्रमणको तेस्रो लहरलाई ख्याल गर्दै उच्च सुरक्षा सतर्कताका साथ ओलम्पिक आयोजना गरिएको भएपनि अमेरिका, बेलायत, भारतलगायत विभिन्न देशले बहिष्कार गरिसकेका छन् । संक्रमणका समयमा ओलम्पिक आयोजनाले मानव अधिकार चिन्ताजनक रहेको बताउदै उनिहरुले ओलम्पिकको उद्घाटन र समापन कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन् ।

१ सय ९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू