काठमाडौं । आज बिहान ललितपुरको इमाडोलमा भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । बिहान लामाटारबाट लखनखेलतर्फ आइरहेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारास्थित सडकबीचमै पल्टिँदा घाइते भएका १८ जनाको पहिचान खुलेको हो ।
हेर्नुहोस् घाइते भएका १८ जनाको विवरण :
१. चालक : काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष २४ का सुजन कुँवर
२. उदयपुर घर भई ललितपुरको इमाडोल बस्ने वर्ष २१ का सविन राई– टाउको र पेटमा चोट, बोल्न सक्ने, अवस्था मध्यम।
३. पाँचथर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४८ का टीबी लिम्बु, अवस्था– दाहिने कुममा चोट, बोल्न सक्ने, मध्यम।
४. खोटाङ घर भई हाल काठमाडौंको बबरमहल बस्ने वर्ष २७ का गणेश परियार, अवस्था– निधारमा चोट, बोल्न सक्ने, मध्यम।
५. कास्की घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३८ का संगिना दर्जी, अवस्था दुवै हातमा चोट, बोल्न सक्ने, सामान्य।
६. नुवाकोट घर भई हाल ललितपुरको सानेपा बस्ने वर्ष ३२ की कमला सुनुवार, अवस्था– टाउको र दाहिने हातमा चोट, बोल्न सक्ने, मध्यम।
७. काभ्रेको खानिखोला घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४३ का जितबहादुर घिसिङ, अवस्था– निधार र छातिमा चोट, बोल्न सक्ने, मध्यम।
८. काठामाडौंको दक्षिणकाली घर भई हाल ललितपुरको लुभु चागाथली वस्ने वर्ष ७० की राधा दुलाल,
अवस्था– ढाडमा चोट, बोल्न सक्ने, मध्यम।
९. दोलखा घर भई हाल ललितपुरको टीकाथली बस्ने वर्ष २२ की वन्दना लावती, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।
१०. सिन्धुली घर भई हाल ललितपुरको सानागाउँ बस्ने वर्ष २२ की अम्बिका लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।
११. उदयपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ३८ का पदम बहादुर खड्का, अवस्था– बायाँ हातमा चोट, बोल्न सक्ने, सामान्य।
१२. दोलखा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४९ की चिना कार्की, अवस्था– दाहिने आँखा र बायाँ खुट्टामा चोट, बोल्न सक्ने, मध्यम
१३. दोलखा घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ३३ की प्रमिला कार्की, अवस्था– टाउको र दाहिने कुमममा चोट, बोल्न सक्ने, मध्यम।
१४. ओखलढुंगा घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ४५ का राजेश लामा, अवस्था– टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।
१५. मकवानपुर घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६० का रामप्रसाद लोहार, अवस्था– बायाँ घुँडा र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम।
१६. ललितपुरको लुभु शंखादेवी बस्ने वर्ष ३० का विशाल नेपाली, अवस्था– बाँया खुट्टामा चोट, बोल्न सक्ने, मध्यम।
१७. सिन्धुली घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष ६७ की जयमा गोले, अवस्था– छातीमा चोट, बोल्न सक्ने, मध्यम।
१८. रौतहट घर भई हाल ललितपुरको लुभु बस्ने वर्ष १४ का पञ्कजकुमार शर्मा, बाहिरी चोट नभएको सामान्य।
प्रतिक्रिया दिनुहोस्