सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई विस्तार गर्ने भएका छन् । माओवादीबाट छिरिङ दुम्दुम लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्रीमा सिफारिस गरेको छ । लामा भने गैरसांसद हुन । त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री मा सिफारिस भएका छन् ।
नेपाली कांग्रेसले पनि दुई जनाको नाम सिफारिस गरेको छ । जसमा यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर हुन् । यससँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुने भएको छ ।
शाहीले कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका थिए । यसअघि भागबण्डा नमिलेका कारण मन्त्री परिषद्ले पूर्णता पाउन सकेको थिएन ।
माओवादीले चार मन्त्रालय र समाजवादीले तीन मन्त्रालयमा दाबी नछोडेपछि भागवण्डा मिलेको थिएन ।
यसअघिको मन्त्री मण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्