Ads

आईसीसी विश्वकप छनोट: कीर्तिमानी साझेदारीपछि नेपालका दुवै ओपनर आउट


काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालले दुवै ओपनर ब्याटर गुमाएको छ ।

घरेलु मैदान हरारेमा जिम्बावेले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।

६६ रन बनाएका ओपनर आसिफ सेख ठूलो सट प्रहार गर्ने क्रममा क्याचआउट भएका छन्। सय बल खेलेका उनले सात चौका प्रहार गरे।

नेपालले ९९ रन बनाएका कुशल भुर्तेललाई गुमाएपछि तीन रन मात्र जोड्दा आसिफको विकेट गुमेको हो। ताजा अवस्थामा नेपालले ३५ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर एक सय ८४ रन बनाएको छ।

अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र अलराउन्डर कुशल मल्ल छन्।

Ads

सम्बन्धित पोष्टहरू