Ads

कुशल र आसिफको कीर्तिमानी साझेदारीमा नेपालले जिम्बावेलाई दियो २९१ रनको लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम जिम्बाब्वेविरुद्ध २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा आसिफ र कुशलले कीर्तिमानी साझेदारी गरेपछि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट
गुमाएर २९० रनको योगफल खडा गर्यो ।

कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि अर्धशतक प्रहार गर्दै ३१.५ ‌ओभरमा पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए।
यो साझेदारी नेपालका लागि एकदिवसीय खेलमा समग्र विकेट र पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हो।

दुर्भाग्यवस ९९ रनमा आउट हुन पुगेका कुशलले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए। तर उनी टेस्ट टिमविरूद्ध शतक बनाउने ऐतिहासिक अवसरबाट भने चुके।
शतक बनाउन एक रन बाँकी रहेको अवस्थामा कुशल मासाकाड्जाको बलमा बोल्ड हुन पुगेका थिए।

अर्का ओपनर आसिफ शेखले ६६ रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनलाई पनि माजाकाड्जाले नै क्याच गराए।

त्यसपछि कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको इनिङ उकासे। दुईबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो।

रोहित २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडेर आउट भए। यस्तै कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्काको मद्दतमा ४१ रन जोडे।

आरिफ शेख १० रनमा आउट पेभिलियन फर्के भने गुल्सन झाले १३ रन जोड्न सके। लगत्तै भीम सार्की डकआउट भए। दीपेन्द्रसिंह ऐरी अन्तिम दुई बल खेल्न बाँकी छदा ६ रनमै आउट भए।

बलिङमा जिम्बावेका गाराभाले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए।

मासाकाड्जाले २ विकेट हात पारे। मासाकाड्जाले १० ओभरमा ४२ रन खर्चिदा ३१ बल डट फ्याँकेका थिए।

Ads

सम्बन्धित पोष्टहरू