काठमाडौँ । कोरोना संक्रमणको अवस्था हेरेर सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी थालेकोे छ ।
आज(शुक्रबार) सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि स्थानीय तहले आफ्नो क्षेत्रमा संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने नखोल्नेबारे निर्णय लिन सक्ने जनाइएको छ ।
शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संघीय मामिला मन्त्रालय, अभिभावक संघ, सीसीएमसीसीका पदाधिकारीहरूबीच भएको छलफलमा स्थानीय तहलाई नै आफ्नो क्षेत्रको अवस्था हेरेर विद्यालय खोल्न दिने बताइएको हो ।
सीसीएमसीसीले माघ मसान्तसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई गरेको सिफारिसका आधारमा अहिले सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्