Ads

कर्णालीमा बजेटमाथि छलफल सुरु


सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले संसदमा प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु भएको हो ।

संसद्को साेमबारको बैठकमा भएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बजेटले दीर्घकालीन सोच नराखेको बताए। विशेषगरी विपक्षी दलका सांसदहरूले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको उनीहरुकाे भनाइ थियाे ।

नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले सरकारले ल्याएको बजेटले तत्काल केही व्यक्तिलाई फाइदा हुनेबाहेक अरू केही नभएको टिप्पणी गरे। सत्ता पक्षका सांसदहरूले समेत बजेटको आलोचना गरेका छन्। पूर्वआर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य बिन्दमान विष्टले यथार्थपरक बजेट नभएको बताए।

Ads

सम्बन्धित पोष्टहरू