असार ५, २०८०
झापा / झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दिपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
आइतवार साँझ उनको स्वास्थ्यमा समस्या भएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको झापा कारागार प्रमुख मोहनलाल पनेरुले जानकारी दिए ।
लागूऔषध मुद्दामा २०७८ साल असार १६ गतेदेखि कारागारमा जेल जीवन बिताई रहनुभएका थापाको कैद समयावधि अझ ५ बर्ष बाँकी थियो ।
प्रतिक्रिया दिनुहोस्