Ads

सुदुरपश्चिमका कानून मन्त्री सिंह सवार गाडी दुर्घटना,मन्त्रीसहित चार जना घाइते


बझाङ । सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी बझाङमा दुर्घटनामा परेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो ।

गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेकोहो । दुर्घटनामा मन्त्रीसहित चार जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेको छ ।

मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू