खबरपोष्ट समाचारदाता
काठमाडौं – सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।
छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् ।
बार उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताउनुभयो । उहाँले भोलि पुन छलफल गर्ने समझदारी भएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्