असार ६, २०८०
झापा\ गत बैशाखमा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने झापाका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समिति झापाले सम्मान गरेको छ । मेची रंगशालास्थित कबर्ड हलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।
जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय खेलकुदमा एथलेटिक्सको ट्रिपलजम्पतर्फ स्वर्ण पदक विजेता राजिव ढुंगानालाई नगद पाँच हजार, पुरुष कबड्डीमा सहभागी भई रजत पदक विजेता अमन ताजपुररिया र आदर्श सहनीलाई नगद तीन हजार, महिला कबड्डीमा सहभागी भई कास्य पदक विजेता मनमाया तामाङ, राधिका कुमाल र सविना मावो, करातेमा कास्य पदक विजेता पुश्चल रामदान र समिर मगरलाई दुई हजार नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेको थियो ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासनिक निकायका प्रमुख, खेलाडी एवम् एवम् खेलकुदसँग सम्बन्धित व्यक्तित्हरुको उल्लेख्य सहभागितामा आयोजित सोही समारोहका बीच खेलकुदको विकास, सम्बद्धृन र संरक्षणमा उल्लेख्य योगदान पुर्याएकोमा समितिले भद्रपुर नगरपालिका, कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका, कनकाई नगर खेलकुद विकास समिति, भद्रपुर झापा गोल्डकप, झापा गोल्डकप र सहारा नेपाल साकोसलाई पनि सम्मान गरेको थियो ।
त्यसंबीच समितिले मेची रंगशालालगायत भौतिक संरचनाहरुको स्तरोन्नति तथा झापाको खेलकुद क्षेत्रको समग्र विकासका लागि बुँदागत रुपमा तयार पारेको मागपत्र मन्त्री लिम्बूलाई हस्तान्तरण गरिएको समितिका प्रवक्ता जगन दुर्वासा कार्कीले जानकारी दिए । त्यस्तै, भद्रपुर झापा गोल्डकपका तफृबाट पनि मन्त्री लिम्बूलाई मागपत्र हसतान्तरण गरिएको गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्