बिजुवार। प्यूठानमा जन्ती बोकेको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जनाकै सनाखत भएको छ । प्रहरीका अनुसार गौमुखि गाउँपालिका–६, लिवाङ ओखरपाटामा भएको दुर्घटनामा छ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार घटनास्थलमै मृत्यु हुनेमा प्यूठान गौमुखी – ६ लिवाङ बस्ने ४० वर्षीया वसन्ती खड्का,२९ वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर बुढा, ३२ वर्षका खिम बहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का र नौबहिनी गाउँपालिका–६ लुङकी १८ वर्षीया विपना जिसी रहनुभएको छ ।
यस्तै, स्थानिय ३९ वर्षीय वसन्त खड्का र उहाँको छोरी वर्ष ११ को एलिसा खड्काको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उहाँले बताउनुभयो । दुर्घटनामा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् ।
गम्भीर घाइते दुलही रीमा जि.सी, नरेश खड्का र हरि बुढा मगरलाई रिफर गरिएको छ । घाइते दुलहा दान हादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको छ ।
जीप सडकबाट करिब एकसय ५० मिटर तल खसेको थियो । प्युठानको नौवहिनी– ६ लुङबाट दुलही लिएर फर्कने बेला ग १ ज ५०९२ नम्बरको जीप शनिबार विहान ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेका अनुसार जीपमा करिब १३ जना सवार रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्