असार ७, २०८०
झापा/ तत्कालिन राष्ट्रिय पञ्चायतका जनपक्षिय प्रतिनिधी एवम् पूर्व सांसद दोर्णाचार्य क्षेत्रीको स्मृतिमा स्थापित पुरस्कारबाट प्रेस काउन्सिलका सदस्य, झापाका पत्रकार गणेश पोखरेरल पुरस्कृत भएका छन् । उनलाई प्रेस चौतारी झापा र द्रोणचार्य क्षेत्री स्मृति प्रतिष्ठानले पुरस्कृत गरेको हो ।
द्रोणचार्य क्षेत्रीको ३० औं स्मृति दिवसको अवसरमा काँकरभिट्टामा आयोजित कार्यक्रमबाट पोखरेललाई दोर्णाचार्य क्षेत्री स्मृति पत्रकारीता पुरस्कारबाट गरिएको हो । उनी रेडियो भिजनका प्रवन्ध निर्देशक हुन् । विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल पोखरेल प्रेस चौतारी झापाका पूर्व अध्यक्ष समेत हुन् ।
यस्तै, प्रेस चौतारी झापाले वार्षिण साधारसभाको अवसरमा झापाका तीन जना सक्रिय पत्रकारलाई पुरस्कृत गरेको छ । हिमशिखर टिभीमा कार्यरत पत्रकार सुदिप अधिकारी, खवरखेतीका प्रधान सम्पादक तिलक योञ्जन र रेडियो भिजनकी समाचार वाचिका अस्मिता साखीलाई सक्रिया पत्रकारिता पुरस्कारबाट पुस्कृत गरिएको छ । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकारलाई सम्मान पत्र एवम् नगद पुरस्कार प्रदान गरेका थिए ।उनीहरुलाई राईजिङ् स्टार पत्रकारीता पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव बिक्रम लुइटेल, कोशी प्रदेश अध्यक्ष अविजाल विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुको तर्फबाछ पत्रकार गणेश पोखरेल र तिलक योञ्जनले मन्तव्य राखेका थिए ।प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्