Ads

किसानका समस्या पहिचानका लागि उच्च स्तरीय समिति गठन


काठमाडौँ । मधेस प्रदेश सरकारले किसानको समस्या पहिचान तथा समाधान गर्नका लागी आज(शनिबार) उच्च स्तरीय समिति गठन गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो।

किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मल र बीउको व्यवस्था गर्नुपर्ने, सिँचाइको व्यवस्था हुनुपर्नेलगायतका माग राख्दै किसानका मुद्दा उठाएर केहि समयदेखी आन्दोलन चर्किरहेको छ ।

उक्त आन्दोलनपछि किसानको समस्या पहिचान गर्न बनेको समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, बीउबिजन तथा सिँचाइ समस्या, बिमाको अवस्था, डुबान कटानको अवस्था, कृषि विद्युतिकरणको अवस्था, मधेस प्रदेशको भूउपयोग नीति निर्माण एवं मधेस सरकारले कषि सुधारका लागि गरेका कामको समीक्षा र अगामी योजनालगायतका बारेमा नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसादसाहले जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू