Ads

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जना घाइते, एकको अवस्था गम्भीर


काठमाडौं । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा घाइते भएकाहरु मध्ये मुसिकोट नगरपालिका – ५ की ८ बर्सिया बालिका वर्षा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू