Ads

दोस्रो ओभरमै करणले लिए वेस्ट इन्डिजको विकेट


काठमाडाैँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आफ्नो तेस्रो खेलमा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेलिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले पहिलो विकेट गुमाएको छ।

ओपनिङ ब्याट्सम्यान कायल मेयर्सलाई १ रनमा नेपालका करण केसीले कुशल भुर्तेलबाट क्याच गराएका छन्। करणले १.३ ओभरमा वेस्ट इन्डिजको विकेट लिएका हुन्।

Ads

सम्बन्धित पोष्टहरू