काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ २७ गते बस्ने भएको छ ।
पार्टी मुख्य सचिव कृष्णप्रसा पौडेलका अनुसार प्रमुख दुई एजेन्डामा छलफल हुनेछ । पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
माघ २७ गते दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यलाई अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्