काठमाडौं । काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ । ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि डेंगु फैलिन सक्ने भन्दै नियन्त्रणका लागि अभियान संचालन गर्न भनेको छ ।
रोग लाग्न नदिन विभिन्न सचेतना अभियान अन्तरगत जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका वडाअध्यक्ष लगाएतले सम्वनयात्मक रुपमा काम गर्न भनिएको छ । पानी जम्न सक्ने स्थानको खोजि गर्ने, पहिचान गर्ने, पानी जम्न नदिने कार्यहरू अगाडि बढाउने, ग्यारेज, अन्डर ग्राउन्ड पार्किड, गमला,प्लाष्टिकका बोटलहरु, माटोका भाँडाहरु र पाती जम्नसक्ने स्थानमा पानी जम्मा भई लामखुट्टेको लार्भा हुन सक्ने भएकोले नष्ट गर्ने अभियान सचालन गर्ने महानगरले जनाएको छ ।
प्रत्येक दिन वडाभित्रको टोलटोलमा सचेतनाका साथै लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानको लागि महानगरभित्रका संघ, संख्या, क्लब आदिसँग समन्वय गरी संयुक्त रुपमा परिचालन गर्ने महानगरले जनाको छ ।
प्रतिक्रिया दिनुहोस्