Ads

प्रधानमन्त्री ज्यू सचिवालय भंग गर्नुहोस : राजेन्द्र पाण्डे


काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सचिवालय भंग गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फ्रस्टेटेड सचिवहरुको अखडा प्रधानमन्त्रीको सचिवालय भएकाले काम नलाग्ने बताए ।

उनले असन्तुलित भएकै कारणले सरकारले ल्याएको बजेट यथास्थितिमा पारित गर्न नसक्ने प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुगमन विभाग, राजस्व अनुसन्धान विभाग आदि विगतमा प्रधानमन्त्रीको मातहतमा नभएको उनले बताए । अगाडिका प्रधानमन्त्रीहरुले आफ्नो हातमा लिएर केन्द्रीकृत गर्नुभयो , उनले भने, त्यो केन्द्रीकृत गरिएको कुरालाई आजको प्रधानमन्त्रीले पनि विरोध गर्नुभएको छ ।

आफू प्रधानमन्त्री भएपछि पुरानै ठाउँमा किन फर्काउनुभएन ? भनि उनले प्रश्न गरेका छन्, आज प्रधानमन्त्री भएको भए उहाँको कानले नै सुन्ने गरी भन्ने मेरो विचार हो । किन फर्काउनुभएन ? संघीयताको पक्षमा छौं कि हामी केन्द्रीय राज्य व्यवस्थाको पक्षमा छौं । आफू पावरमा हुँदाखेरी अझै धेरै केन्द्रीकृत गर्दै जाने विचारमा हामी छौं । त्यो कुरा हामीले सोच्न जरुरी छ , उनले भने, ।,

 

Ads

सम्बन्धित पोष्टहरू