काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि(सोमबार) देखि कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ ।
यही माघ २० गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकबाट गरिएको निर्णयअनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउने भएको हो ।
महानगरले एक सूचना जारी गर्दै भोली देखी शनिबारबाहेक फागुन ५ गतेसम्म खोप लगाउने बताएको छ । महानगरका अनुसार खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह चारबजेसम्म हुनेछ । उक्त समयमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भइसकेका बालबालिकाले खोप लगाएको खोप कार्ड लिएर दोस्रो मात्रा खोप लगाउन तोकिएको खोप केन्द्रमा जानुपर्ने छ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण घटिरहेपनि यसको जोखिमबाट बच्नका लागी स्वास्थ्यको आवश्यक मापदण्ड अपनाउदै सावधानीका साथ खोप कार्यक्रम संचालन गर्न महानगरले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्