Ads

पीडित किसानलाई मधेस सरकारले राहत दिने


काठमाडौँ । मधेस प्रदेश सरकारले किसानलाई राहत दिने तयारी थालेको छ । गत कात्तिक अन्त्यतिरको बेमौसमी वर्षाबाट पीडित भएका किसानहरुलाई प्रदेश सरकारले राहत दिने भएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालका अनुसार राहत वितरणका लागी निर्देशिका तयार भइसकेको र तथ्याङ्क सङ्कलनको काम अझै जारी रहेको छ ।

स्थानीय तहहरूबाट विवरण संकलन गरेर पठाउन निर्देशन दिएपनि विवरण समयमै आउन नसक्दा राहत वितरणमा ढिलाइ भएको र विवरण सङ्कलन भएसँगै कार्यक्रम सुरु गरिने पालले जानकारी दिएका छन् । क्षतीको आधारमा राहतस्वरुप रकम खातामै पठाइने उनले बताएका छन् ।

कात्तिक अन्त्यतिरको बेमौसमी वर्षाका कारण धेरै जिल्लाका किसानहरु मारमा परेपछि नेपाल सरकारले क्षतिको विवरण संकलन गरेर उक्त विवरणका आधारमा राहत वितरण गर्ने निर्णय गरेको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू