Ads

प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा राष्ट्रिय युवा संघको अवरोध


काठमाडौँ । प्रदेश १ मा आन्दोलनरत राष्ट्रिय युवा संघले आज(आइतबार) प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा अवरोध गरेका छन् ।

प्रदेश १ का नयाँ आठ मन्त्रीको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा हुने भएपछि उनिहरुले कार्यालय जाने बाटोे अवरूद्ध गरेका हुन् ।

सातवटा मन्त्रालयलाई विभाजन गरेर १३ वटा बनाएपछि एमालेले प्रदेश १ मा विरोध जनाउदै आइरहेको छ । युवा संघका अनुसार आर्थिक भार बढाउने काम गरेको भन्दै सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय जाने बाटोमा अवरोध जनाइएको हो ।

प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई तीन महिना अघि नियुक्त भएका थिए । मन्त्री राईले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नेपाली कांग्रेसबाट ३, नेकपा एकीकृत समाजवादी पार्टीबाट ३ र माओवादी केन्द्रबाट २ जनाले सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू